المدة الزمنية 5:45

ढुङ्गो नढोग्ने किनशार्दूलविक्रीडित,रचयिता-डिल्लीराज अर्याल,वाचन:-तारानाथ भण्डारी नेपाली छन्द कविता

بواسطة Taranath Bhandari
14 075 مشاهدة
0
262
تم نشره في 2019/08/08

#ढुङ्गो_शालिकराम_शीला_नेपाली_छन्द_कविता_तारानाथ _भण्डारी_सर्वाङ्ग_ज्योतिष_पाल्पा_दर्पुक रचयिता:- डिल्लीराज अर्याल वाचन :-तारानाथ भण्डारी छन्द:-शार्दूलविक्रीडित ढुङ्गै सुन्दर मूर्ति बन्दछ कला पाई कलाकारका ढुङ्गै बोल्छ अतीतका श्रम–कथा, सन्देश संसारका ढुङ्गै आदिमकालदेखि जगको निर्माणको आँकडा ढुङ्गै केन्द्र बनी खडा हुनगए आस्था–अनास्था कडा । १ यै ढुङ्गो शुरुमै भयो मनुजको सन्देशको साधन रेखा, आकृृति, चित्र, अक्षरसितै बोकी कला, चिन्तन सारा सर्जकका कला, कुशलता पोख्ने बनी साधन थाल्यो चेतन तत्व चित्रित गरी प्रारम्भ –फैलाउन। ।२ बस्ने बास बनाउँदा पनि बन्यो ढुङ्गो सधैँ नै जग छाना, थाम, धरान, फर्स र ठुला पर्खाल ढुङ्गै अझ हो आधार विकासको, नजिकको निर्माणको साधन ढुङ्गो प्राकृृत सत्य हो यदि भने ढोग्ने कुरो भो कुन ?३ ढुङ्गामैे नरको बनेर गहिरो कोरिन्छ आस्था भने ढुङ्गै आश्रित मार्गमा सहजमै गुड्दैछ गाडी भने बाटा, मूर्ति र चैत्य वा धरहरा बन्ने त्यही साधन ढुङ्गाको छ महत्व शाश्वत भने के हुन्छ ढोग्दा भन ?४ ढुङ्गाकै बलमा भिडी रण जिते, बाँचे, सजाए गढी ढुङ्गामै अभिलेख, तथ्य अघिका सङ्कल्प साँचे बढी मान्छेका इतिहास, पौरख, कला जोगाउने साधन ढुुङ्गो हो, त्यसको महत्व छ भने ढोग्ने नढोग्ने किन ?५ ढुङ्गैमा अमरत्व प्राप्त नरका आधार छन् अङ्कित ढुङ्गैमा छ शहीदका नभुलिने आकार चित्राङ्कित ढुङ्गैका भरमा परी कति यहाँ चल्दै रहे जीवन त्यस्तो सत्य भुलेर भन्नु कसरी ढुङ्गो म ता ढोग्दिन ?६ ढुङ्गाकै तटबन्धबाट सजिलै सक्छन् नदी बाँधिन ऊर्जा, सिञ्चन, साँध सक्छ यसकै आधारमा देखिन यस्तो सुन्दर सम्पदा प्रकृतिको ढुङ्गो नढोग्ने किन ? जानाजान म भन्न सक्छु कसरी ढुङ्गो म ता ढोग्दिन ?७ जय साहित्य

الفئة

عرض المزيد

تعليقات - 28