المدة الزمنية 11:23

ओलीको गम्भीर खुलासा :ज्ञानेन्द्र शाह र पुष्पकमल दाहालबीच सहमति भएरै माघ १९ को घटना ournewscrew

بواسطة Our News Crew
191 مشاهدة
0
3
تم نشره في 2021/12/15

#तत्कालीन_राजा_ज्ञानेन्द्र_शाह #माघ_१९_को_घटना #अस्थिरताका_सम्वाहक नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएर माघ १९ को घटना भएको दाबी गरेका छन । बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई सपथ गराउने कार्यक्रममा अध्यक्ष ओलीले दाहाल र ज्ञानेन्द्र शाह बीचमा सहमति भएर त्यो उपद्रो भएको दाबी गरे । ओलीले दाहालसँगको सहमतिपछि ज्ञानेन्द्रले माओवादीको बिनाकुनै अवरोध अभिनन्दन कार्यक्रम गर्न पाएको पनि बताए । अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्थिरताका सम्वाहकको संज्ञा पनि दिए । ओलीले मुलुकलाई अस्थिर बनाउन खोज्ने शक्तिहरु सक्रिय रहेको र त्यसका सम्वाहक दाहाल र नेपाल रहेको आरोप लगाए । अध्यक्ष ओलीले सेयर बजार बारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि दिएको अभिव्यक्तिप्रति पनि कटाक्ष गरे । उनले चन्दा नदिएकाले दाहालले शेयर कारोबारीमाथि रिस पोखेको बताए । उनले सेयर बजारबारेमा आफूहरुले त्यस्तो बोलेको भए सडकमा आगो बलिसक्ने अनुमान पनि गरे । १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकले ४४ जना केन्द्रीय सदस्य मनोनीत गरेको थियो । मंसीर २५ र २६ गते बसेको एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्णबैठकले उनीहरूलाई केन्द्रीय कमिटी बैठकमा मनोनीत गरेको थियो । Nepali News and Information channel that aims in promoting news and current affairs with a professional and an objective approach.Garb Media Networks Pvt Ltd is the official YouTube channel of ournewscrew.com managed by Garb Media Networks Pvt Ltd and is registered with Press Council Nepal and Department of Information & Broadcasting of Nepal (Reg. No. 639-076/077)

الفئة

عرض المزيد

تعليقات - 0