वार्ताको लागि एक दुई दिन तारीखमा तलमाथि हुँदा केही हुदैन-मन घिसिङ
संवाद प्रतिविम्ब
खरसाङ 2 अक्टोबर।
यत्रो वर्षसम्म त मुद्दा जिउँदो थियो कि मरेको थियो पत्तो थिएन तर अहिले एक दुई दिन तारीखमा तलमाथि हुँदा केही छैन कारण गृहमन्त्रीले भनिसकेको छ त्रिपक्षीय वार्ता हुन्छ भनेर।
वार्ताको कुनै निश्चित डेट नतोकिएको कारणले यहाँ के के कन्फ्युस भईरहेको छ। तर भारत सरकारको गृहमन्त्रीले त्रिपक्षीय वार्ता हुन्छ भनेपछि गोर्खा जातिको मुद्दा टेबलमा समाधान हुन्छ भनिएकोले हामी बेसी विवादमा नजाऔं अनि एका अर्कामा बेसी हिलो हानाहान नगरेको राम्रो भनी गोरामुमो अध्यक्ष मन घिसिङले आज तीनधारे आउँदा पत्रकारहरूसित कुराकानी गर्दै बताएका छन्।
गोरामुमो अध्यक्ष मन घिसिङ आज गोरायुमो तीनधारे सुकना समष्टीको सभापति संग्राम घतानीको पिता पदमबहादुर घतानीको निधनमा शोक प्रकट गर्नलाई तीनधारे चियाबारीको भुलेगाउँ आएका थिए। यसावधि पार्टी अध्यक्ष मन घिसिङ तीनधारेको गोलाईपाखा आईपुग्दा तीनधारे सुकना समष्टीको पदाधिकारीहरूले स्वागत जनाएका थिए।
यसै अवधि उनले तीनधारेको गोलाई पाखमा पत्रकारहरूसित कुराकानी गर्दै गृहमन्त्रीले भनेपछि हामीले विस्वास नगर्नु सक्दैनौं र वार्तामा हाम्रो दु:खेसो र समस्याहरू भन्न पाउनेछौं भनी आशा गरेको बताए। मन घिसिङले अहिले वार्ताको ढोका खोलिएको छ र सबैले मिलेर मौका सम्झेर एकचोटि चैं हैंसे लगाऔं भनी आह्वान् गर्दै केही हुने आशा राखेको पनि बताए।
الفئة
عرض المزيد
تعليقات - 1
مقاطع الفيديو ذات الصلة على Darjeeling News Today @वार्ताको लागि एक दुई दिन तारीखमा तलमाथि हुँदा केही हुदैन -Mohan Ghishing: